नेपाल । बुधबार नेकपा (एमाले) ले साधारण सदस्य समेतबाट निष्काशित गरेसँगै डा. भीम रावलले नयाँ पार्टी खोल्नेबारे छलफल अगाडि बढाएका छन् ।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि अब आफू एमालेमा नरहेको र विद्यमान कुनै पनि पार्टीमा नजाने घोषणा रावलले गरेका छन् ।
कारबाहीमा परेलगत्तैदेखि रावलले आफू निकटका नेता–कार्यकर्ताहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल थालेका छन् । धेरैले नयाँ पार्टी खोलेर अगाडि बढ्नु भन्ने सल्लाह दिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्