६ बैशाख २०८२, शनिबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ निकासा

कोलोराडोखबर संवाददाता , December 27th, 2024

नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १० करोड बजेट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार अनुदानका रुपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको छ ।

चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ निकासा दिइने भएको हो ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच लागत साझेदारीमा अलपत्र क्रिकेट रंगशालाको निर्माण अघि बढाउने सम्बन्धमा २१ कार्तिक २०८० मा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्