नेपाल । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो । बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुकी ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । सबै प्रयासका बाबजुद उहाँलाई राति ९ः५१ बजे मृत घोषित गरियो ।
सन् १९३२ मा पञ्जाबमा जन्मिएका सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री रहे । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्