नेपाल । नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान २०१७ (संशोधनसहितको धारा २५ बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गर्नुभएको हो ।
सभापति देउवाले प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ), डा सुदन ओली (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर) लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ ।
सभापति देउवाले डा लक्ष्मीराज पाठक (कैलाली), डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा अनिलकुमार झा (सप्तरी), डा सुमन कर्माचार्य (रामेछाप), डा सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) लाई सदस्य पदमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्