११ पुष २०८१, बिहीबार

नेकपा एमालेले भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी हटायो

कोलोराडोखबर संवाददाता , December 26th, 2024

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।

बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।

एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

एमालेले उनीहरुलाई यसअघि ४ कात्तिक स्पष्टीकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्