४ माघ २०८१, शुक्रबार

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) मा नयाँ कार्यसमिति चयन

कोलोराडोखबर संवाददाता , December 25th, 2024

अमेरिका । अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सबै भन्दा पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल (२०२४–२०२६) का लागि नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन समितिले जनाए अनुसार वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्दिपकुमार भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन प्रक्रिया अनुसार नयाँ कार्यसमिति चयनका लागि अध्यक्षलगायत विभिन्न पदहरुमा आवश्यकता भन्दा बढी व्यक्तिको उमेदवारी नपरेको र उमेदवार भएकाहरु उपर कुनै दाबी विरोध नपरेको जनाउदै निर्वाचन समितिले अध्यक्षलगायत अन्य पदहरुमा उमेदवारी दिएका सम्पूर्णलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।

जिबिएनसिका पूर्वअध्यक्ष मिलनकुमार कार्कीको संयोजकत्वमा, डाक्टर उषा शर्मा र विष्णुमणि आचार्य सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले आज डिसेम्बर २१,२०२४ शनिबार साँझ उक्त घोषणा गरेको हो ।

निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सानुमैया अधिकारी, उपाध्यक्षमा द्वय सुनील नेपाली र सोनाम छिरिङ शेर्पा र महिला उपाध्यक्षमा दिपा घिमिरे निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, महासचिवमा अजय ढकाल, सचिवमा अजीत पोखरेल, कोषाध्यक्षमा सुदिप शर्मा र सह–कोषाध्यक्षमा सरोज पौडेल पनि निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले जनाए अनुसार निर्विरोध निर्वाचित हुने सदस्यहरुमा अलङ्कार खनाल, सजना अधिकारी, संगीत तामाङ, रञ्जन दाहाल, वर्षा बुढाथोकी, साङ्गे पाल्देन शेर्पा, अश्मी पोखरेल, बिरज गुरूङ, ओम बुढाथोकी र युवराज सुबेदी रहेका छन् ।

प्रवासी–आप्रवासी नेपालीहरुलाई संगठित गरी उनीहरुको उत्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ यो संस्थाको स्थापना सन् १९८९ मा भएको थियो । हाल यस संस्थामा ८६ जना आजीवन सदस्यहरु र २४९ जना साधारण सदस्यहरु गरी जम्मा ३३५ जना सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्