अमेरिका । एनआरएनए आइसीसीका उपमहासचिव सोमनाथ सापकोटा आयरल्यान्ड भ्रमणको क्रममा एनआरएनए एनसीसी आयरल्यान्डद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।
उक्त कार्यक्रममा एनआरएनएको वर्तमान अवस्था, एमआईएस प्रणालीमार्फत सदस्यता प्रक्रिया, र एनआरएनए नागरिकताको कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो ।
उक्त अवसरमा उपमहसचिव सापकोटाद्वारा एनसीसी आयरल्यान्डलाई एमआईएस प्रणालीमार्फत सदस्यता खोल्न प्रोत्साहन गर्नु भयो । यस कार्यलाई तत्काल सुरु गरिने भन्दै अध्यक्ष प्रकाश सापकोटाले यसलाई समावेशी र सहयोगात्मक बनाउने उद्देश्यले प्रतिनिधिहरू, पूर्व अध्यक्षहरूलाई समेत सहभागी गराइने आश्वासन दिनुभयो ।
त्यसैगरी, आयरल्यान्डमा रहेका नेपाली डायस्पोरालाई एकताबद्ध बनाउने, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपाली युवा पुस्तालाई आयरिश समाजमा एकीकृत गराउन सहयोग गर्ने र उनीहरूको सांस्कृतिक पहिचान जोगाउने विषयमा पनि गहन छलफल भयो। साथै, स्थानीय राजनीतिमा सक्रिय सहभागिता जनाउन र नेपालको सांस्कृतिक सम्पदालाई प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने विषयमा पनि सहमति गरियो ।
एनआरएनए एनसीसी आयरल्यान्डका अध्यक्ष प्रकाश सापकोटा, पूर्व अध्यक्षहरु गणेश प्रसाई, र नवराज कोईराला लगायत सम्पूर्ण टिमप्रति उहाँहरूको अथक प्रयास र आतिथ्यका लागि आभार ब्यक्त गरियो ।
प्रतिक्रिया दिनुहोस्