६ बैशाख २०८२, शनिबार

नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग हुने, लोगो र स्लोगन सार्वजनिक

कोलोराडोखबर संवाददाता , December 25th, 2024

नेपाल । नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका हुन् । ‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्