७ बैशाख २०८२, आईतवार

नेपाली शेयर बजार २८.९१ अंकले बढ्यो

कोलोराडोखबर संवाददाता , December 24th, 2024

नेपाल । नेपालमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंक अर्थात् १ दशमलव ११ प्रतिशतले बढेर २ हजार ६१२ दशमलव २० विन्दुमा पुगेको छ ।

विभिन्न ३२८ कम्पनीका ८९ लाख ८ हजार ८५१ कित्ता शेयर ५५ हजार ९३८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्