कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा डिसेम्बर २१ शनिबार पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली घरमा आयोजित कार्यक्रममा सिर्जना अर्यालको कविता संग्रह ‘बोध अन्तर्बोध’ र डा. खगेन्द्रप्रसाद दाहालको यात्रा काव्य ‘हिड्दाहिडड्दै’ को बारेमा चर्चा कार्यक्रम सम्पन्न गरिएको हो ।
अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति पदम बिश्वकर्मा, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल, पूर्वअध्यक्ष भुपेन्द्र महत, पुस्तक लेखक डा. खगेन्द्र दाहाल र सृजना अर्याल, अनेसास ट्रष्टी डा. बिजयराज शर्मा र प्रमिला शर्मासहित स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
धन पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा शर्मिला शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लेखकहरुलाई बिओटी सभापति विश्वकर्माबाट खादा, अनेसास महासचिव सिटौलाबाट पुष्पगुच्छासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा डा. बिजयराज शर्माले (हिड्दा हिड्दै), ज्ञानेन्द्र गदालले (बोध अन्तर्बोध), देव भट्टराईले (हिड्दा हिड्दै) र खगेन्द्र दाहालले (बोध अन्तर्बोध) पुस्तकका बारेमा चर्चा गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रमलाई रोचकता प्रदान गर्न भुपेन्द्र महतबाट गजल प्रस्तुति, भगवती दाहालबाट कविता बाचन र बिओटी सभापति पदम बिशवकर्माबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्