नेपाल । ‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपनाः संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको खोज तथा विश्लेषण’ नामक पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख नेतृत्वकर्ता, नीति निर्माता, र विशेषज्ञहरू एकत्रित भई अमेरिकास्थित नेपाली डायस्पोराले नेपालको भविष्य निर्माणमा पुर्याउन सक्ने भूमिकाबारे छलफल गरेका थिए । ज्ञान हस्तान्तरण, सूचना प्रविधि, स्वास्थ्य सेवा, हरित ऊर्जा, र सांस्कृतिक तथा आर्थिक सेतुहरूको निर्माण जस्ता विषयमा विशेष जोड दिँदै यस कार्यक्रमले प्रवासनलाई अवसरमा रूपान्तरण गर्ने दिशामा महत्व दिए ।
कार्यक्रममा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) कार्यकारी निर्देशक डा. विश्वास गौचन, अमेरिकाको नेपालस्थित उपराजदूत जेसन पी. मिक्स र परराष्ट्र मन्त्रालयको यूरोप-अमेरिका डिभिजनका सहसचिव गणेशप्रसाद ढकालले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि आईआईडीएसका निर्देशक डा. अरुण जोशीद्वारा सञ्चालित प्यानल छलफल सम्पन्न भयो । यो छलफलले नेपाली डायस्पोराको योगदान र सहकार्यका सम्भावनाहरूको खोज गर्न केन्द्रित रह्यो ।
छलफलले विश्वभरका नेपाली डायस्पोराको पूर्ण सम्भावनालाई उपयोग गर्ने समाधानहरूको खोजमा योगदान पुर्याएको छ । साथै नेपालको परिवर्तनकारी विकास र डायस्पोरासँगको सम्बन्धलाई सुदृढ बनाउन यो संवाद महत्वपूर्ण कदम सावित हुनेछ ।
प्यानलमा सहभागीहरूः
श्रीमती समृद्धि ज्ञवाली– प्रमुख कार्यकारी अधिकृत, नेपाल रिपब्लिक मिडिया लिमिटेड ।
श्रीमती रोजिना प्रधान राई– उपाध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए–आईसीसी)
श्री लक्ष्मण खनाल – सहसचिव, परराष्ट्र मन्त्रालय
श्री अखिलेश उपाध्याय – वरिष्ठ आईआईडीएस फेलो तथा पूर्व प्रधान सम्पादक, द काठमाडौँ पोस्ट ।
प्रतिक्रिया दिनुहोस्