७ बैशाख २०८२, आईतवार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजीत

कोलोराडोखबर संवाददाता , December 22nd, 2024

अमेरिका । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । बार्सिलोनाकै रंगशालामा सम्पन्न भएको खेलमा उसले घरेलु समर्थकमाझ २–१ को हार बेहोरेको हो।

खेलको ३०औं मिनेटमा नै बार्सिलोनाका लागि पेड्रीले गोल गरेर अग्रता बनाएका थिए । तर बार्सिलोनाले सो अग्रतालाई कायम राख्न सकेन । एट्लेटिकोको लागि खेलको ६०औं मिनेटमा रोड्रिगो डी पलले गोल गरेका थिए । यससँगै खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

खेलको इन्ज्युरी समयमा उनले नै दोस्रो गोल गरेपछि भने बार्सिलोना लगातार तेस्रो पटक घरेलु मैदानमा पराजित भयो । सन् १९६५ र १९८७ पछि ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन खेल हारेको यो तेस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्