नेपाल । आइतबार रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गरिँदैछ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता गरिन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्