७ बैशाख २०८२, आईतवार

हेटौँडा-काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन हुँदै

कोलोराडोखबर संवाददाता , December 20th, 2024

नेपाल (हेटौँडा) । बन्द भएको २५ वर्षपछि हेटौँडा–काठमाडौँ रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक कार्यक्रममा समेटेको छ ।

मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । अहिले आन्तरिक रूपमा छलफल भइरहेको र छिटोभन्दा छिटो अध्ययन थालिने उनले बताए ।

यादवका अनुसार यो रोपवे सञ्चालनमा ल्याउनका लागि बागमती प्रदेश सरकारले २०७६ सालमै चासो देखाएको थियो । तर सञ्चालन गर्नका लागि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । फेरि आर्थिक वर्ष २०७८–७९ मा यो रोपवे सञ्चालन सम्भाव्यता अध्ययन गर्न १६ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भए पनि बजेटको स्रोत सुनिश्चितता नभएपछि काम अगाडि बढेन ।

प्रतिक्रिया दिनुहोस्