२३ माघ २०८१, बुधबार

ॐ अस्पतालद्वारा डा. भोला रिजाल सम्मानित

कोलोराडोखबर संवाददाता , December 20th, 2024

नेपाल । ॐ अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाललाई सम्मानित गरेको छ ।

अस्पतालको २८ औँ वार्षिक साधारण सभाका अवसरमा डा. रिजाललाई अस्पतालको ‘संस्थापक तथा संरक्षक’ का रूपमा विशेष सम्मान गरिएको हो ।

डा. रिजाललाई अस्पतालका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले माला तथा दोसल्ला पहिर्‍याएर कदरपत्र हस्तान्तरण गरी सम्मान गर्नुभयो । डा। रिजालले ॐ अस्पताल सञ्चालक समिति, सेयरधनी र अस्पताल व्यवस्थापनलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

अस्पतालको परिकल्पना, सुरुवाती दिनका सङ्घर्षको स्मरण गर्दै उहाँले आजको ॐ अस्पताल देशले गर्व गर्नलायकको निजी क्षेत्रको स्वास्थ्य बनाउन अहोरात्र लागिपरेका सबैलाई धन्यवाद दिनुभयो ।

समितिका अध्यक्ष डा. श्रेष्ठले नेपाली कला, साहित्य, सङ्गीत, चलचित्र, समाज सेवा र सनातन धर्मको सेवामा प्रेरणादायी रूपमा सक्रिय डा. रिजाललाई सम्मान गर्न पाएर आफू र ॐ अस्पताल परिवार पनि सम्मानित भएको अनुभूति गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्