नेपाल । नेपालका प्रधानमन्त्री केपी शर्मा अस्वस्थ बनेका छन् । बिहीबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गरिएको छ ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन् ।
इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसे। बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो । यस्तै नास्टको पूर्वनिर्धारित कार्यक्रममा समेत उनी सहभागी भएनन् ।
प्रधानमन्त्री ओलीको आज पनि कुनै सार्वजनिक कार्यक्रम राखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्