अमेरिका । रुसले क्यान्सरको खोप निर्माण गरेको छ ।
रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्याक्सिनको नाम भने राखिएको छैन ।
रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गरिनुका साथै नागरिकलाई निःशुल्क वितरण गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्