अमेरिका । अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि स्पेनिस टोली रियल मड्रिडले जितेको छ ।
बुधबार राति सम्पन्न खेलमा मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै रियल च्याम्पियन बनेको हो।
रियललाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले १–१ गोल गरे ।
कतारको लुसेल स्टेडियममा रियलले पूरै खेलभर प्रभुत्वशाली प्रदर्शन गरेको थियो । पाचुकाले काउन्टर– अट्याकमा केही मुभ बनाए पनि गोल गर्न सकेन ।
प्रतिक्रिया दिनुहोस्