अमेरिका (न्यूयोर्क) । ल्होछार पर्वको अवसरमा द गुरुङ (तमु) सोसाइटी अमेरिकाले विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
गुरुङ जातिको महान् चाड ल्होछार यो वर्ष हि ल्हो अर्थात बिरालो वर्गको बिदाइ तथा मुप्री ल्हो अर्थात गरुड वर्गको स्वागत गर्दै डिसेम्बर २३ तारिखका दिन विभिन्न साँस्कृतिक कार्यक्रमसाथ न्यूयोकको टिबेटियन कम्युनिटी हलमा मुप्री ल्होछार मनाएको हो ।
जेष्ठ नागरिक ८७ बर्षिय चमनसिंङ घले, प्रमूख अतिथि कार्यवाहक महावाणिज्यदुत विष्णु प्रसाद गौतम तथा अध्यक्ष ओम बहादुर गुरुङले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
गुरुङहरुले हरेक बर्ष पुस १५ लाई नयाँ बर्षको रुपमा मनाउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्