७ बैशाख २०८२, आईतवार

एनपीएलका विजेताले कति पाउँछन् पुरस्कार ?, पुस ६ मा फाइनल खेल

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

एनपीएलको प्लेअफमा सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले स्थान बनाएका छन् । लिग गत मंसिर १५ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा जारी छ । खेल पुस ६ गते सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्