८ बैशाख २०८२, सोमबार

कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

कोलोराडोखबर संवाददाता , December 17th, 2024

नेपाल । पहिचान पुरस्कार कोषले २०८०–८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ ।

पुरस्कारको राशि चार लाख २,००२ रुपैयाँ रहेको छ । शुक्रबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट स्याङ्तानको कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।

स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्