७ बैशाख २०८२, आईतवार

एनपीएलको प्लेअफ समीकरणः सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली प्लेअफमा

कोलोराडोखबर संवाददाता , December 17th, 2024

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो ।

सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो ।

शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ ।

दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्