नेपाल । नेपालमा विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउने विप्रेषण आप्रवाह उल्लेख्य बढेको देखिन्छ ।
चालु आव २०८१/८२ को चार महिनासम्म नेपालले विप्रेषणबापत पाँच खर्ब २१ अर्ब रुपैयाँ भित्र्याएको राष्ट्र बैंकको तथ्याङ्क छ । जुन अघिल्लो आवको कात्तिकसम्मको तुलनामा ९.१ प्रतिशतले बढी हो । अमेरिकी डलरमा भने चार महिनाको अवधिमा तीन अर्ब ८७ करोड डलर विपे्रषण भित्रिएको देखिन्छ ।
यसबीचमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार १०५ रहेको छ ।
गत वर्ष कात्तिकसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृतिको ६८ हजार ८४१ थियो ।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म मुलुकसँग १६ अर्ब ७० करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । २०८० कात्तिकको तुलनामा यो ९.४ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्