७ बैशाख २०८२, आईतवार

नेपाल उद्योग वाणिज्य महासंघ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा

कोलोराडोखबर संवाददाता , December 16th, 2024

नेपाल । नेपाल उद्योग वाणिज्य महासंघ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान संशोधनकै लागि गत मङ्गलबार बसेको महासंघको विशेष साधारण सभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका अन्जन श्रेष्ठ स्वतः अध्यक्षको कार्यभार सम्पन्न भएपछि विधानका नयाँ प्रवाधान कार्यान्वयनमा आउने छ । विगतमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरेकामा आठ वर्षपहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा अध्यक्ष बन्ने व्यवस्था गरेको थियो ।

सोही विधि अनुसार भवानी राणा पहिलो पटक यो विधिबाट अध्यक्ष बन्नुभएको थियो । त्यसपछि शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि यही विधिबाट अध्यक्ष बन्नुभएको हो । संशोधित व्यवस्था हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका अन्जन श्रेष्ठ महासङ्घको अध्यक्षमा चयन भएपछि मात्र कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्