६ बैशाख २०८२, शनिबार

डिल्ली भट्टराईले लिए क्यालिफोर्निया राज्यको हर्कुलिस नगर परिषद सदस्यको सपथ

कोलोराडोखबर संवाददाता , December 15th, 2024

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरका वर्तमान योजना आयुक्त डिल्ली भट्टराई हर्कुलिस शहरका नगर परिषदमा बिजयी भएका छन् । भट्टराईले गत डिसेम्बर १०, मंगलबारको दिन सपथ ग्रहण गरे ।

उनी सन् २०२५–२०२६ का लागि नगर परिषद सदस्य (काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख (डेपुटी मेयर) र २०२८ का लागि नगर प्रमुख (मेयर)को रूपमा सेवारत रहने गरी सपथ ग्रहण गरेका हुन् ।

यसरी नगर प्रमुख बन्ने क्रममा भट्टराई अमेरिकी इतिहासमा नेपाली मूलका पहिलो नगर प्रमुख बन्ने भएका छन् । यससँगै भट्टराईलाई क्यालिफोर्निया राज्यस्तरका उच्च जिम्मेवारीका लागि पनि अवसर मिलेको छ । डेमोक्र्याटिक पार्टी र स्थानीय तहमा उनको लोकप्रियता र बलियो पकडले आगामी निर्वाचनमा उनलाई क्यालिफोर्निया राज्यसभाका बलियो उम्मेदवारका रूपमा हेरिन थालेको छ । ,

भट्टराई क्यालिफोर्निया राज्यमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका सक्रिय सामाजिक अभियन्ता हुन् र विभिन्न संघसंस्थामा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्