७ बैशाख २०८२, आईतवार

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो हार, लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले हरायो

कोलोराडोखबर संवाददाता , December 12th, 2024

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ ।

लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो ।

यता, लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित गरेको छ । टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो ।

१०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्