७ बैशाख २०८२, आईतवार

नेपाली शेयर बजारमा ४५.८८ अंकको बृद्धि

कोलोराडोखबर संवाददाता , December 12th, 2024

नेपाल । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा बुधबार भने उच्च अंकको वृद्धि देखिएको छ ।

नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढे पनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ । तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्