२६ मंसिर २०८१, बुधबार

रवि लामिछानेलाई वीरगञ्जबाट पुनः पोखरा लगिंदै

कोलोराडोखबर संवाददाता , December 11th, 2024

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई पर्साको वीरगञ्जबाट बुधबार पुनः कास्कीको पोखरा लगिंदैछ ।

यसैबीच सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सातौँपटक अदालतमा उपस्थित गराइँदै छ ।

सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले बुधबार नै वीरगञ्जबाट पोखरा लैजान लागिएको हो ।

पर्सामा लामिछानको मंगलबार बयान सकिएको छ । लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्