नेपाल । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा नेपालस्थित अमेरिकी दूतावासले अन्तर्राष्ट्रिय मान्यता प्राप्त कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल र इन्टरनेशनल वुमन अफ करेज अवार्डबाट सम्मानित मुस्कान खातुनसँगको साझेदारीमा ३० भन्दा बढी लैंगिक हिंसा पार गर्नुभएका महिलाहरूलाई सञ्चार कला प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
यो तालिम काठमाडौं, जनकपुर, पोखरा र विराटनगरमा आयोजना हुदैछ । यस सशक्तिकरण पहलले सहभागीहरूलाई उनीहरूको आवाज पुनः प्राप्त गर्न, उनीहरूका कथाहरू प्रस्तुत गर्न, र शक्ति र साहसका साथ नेतृत्वदायी भूमिकामा अगाडि बढ्न शिपहरु प्रदान गर्ने अमेरिकी दूतावासले उल्लेख गरेको छ ।
मिशन उपप्रमुख जेसन मिक्स र प्रवक्ता जेहरा नक्वीले काठमाडौंमा सहभागीहरूसँग भेट गरेर महिलाहरूलाई आफने शक्तिलाई बढाउन, अवरोधहरू पार गर्न र आफ्नो समुदायमा नेतृत्वकर्ता र परिवर्तनकारी बन्न प्रोत्साहित गर्नु भयो ।
यस कार्यशालाले शक्तिशाली महिलाहरूलाई उनीहरूका लागि आफनै नेटवर्क स्थापना गर्न, उनीहरूको बिषयहरु र आवाजलाई समर्थन गर्न, सञ्चार सीपहरूद्वारा सशक्तिकरण गर्न र उनीहरूलाई आफ्ना कथाहरू साझा गर्न प्लेटफर्म प्रदान गर्न एकसाथ भेला गरेको छ ।
प्रतिक्रिया दिनुहोस्