१० मंसिर २०८१, सोमबार

आर.आर. चौलागाईँका दुई मुक्तक

कोलोराडोखबर संवाददाता , December 29th, 2023

–आर.आर. चौलागाईँ–
१.
राम्रोसँग हिँड बाटाभरि खाल्डैखाल्डा छन्
राम्रोसँग बोल मानिसहरू बाङ्गैबाङ्गा छन्
फूल भनेपछि हत्ते हाल्छौ नि ख्याल गर्नू
राम्रोसँग टिप बोटहरूमा काँडैकाँडा छन् ।

२.
यी तर मारेर बस्नेहरूलाई गणतन्त्र जाला कि भन्ने डर छ
आफूले खाइरहेको थालमा अरूले खाला कि भन्ने डर छ
अहिले त सत्तापक्ष अनि प्रतिपक्ष हेर्नोस् न हजूर कस्तो मिलेका ?
कुनै जङ्गबहादुर निस्केर खौलामा हाल्ला कि भन्ने डर छ ।

–हेटौेंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्