४ माघ २०८१, शुक्रबार

सैनिक शासनको घोषणा गरेको आरोपमा दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध !

कोलोराडोखबर संवाददाता , December 10th, 2024

अमेरिका । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।

संसदीय सुनुवाइमा एक सांसदले सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ–अपले भन्नुभयो,‘हो, यो सही हो ।’

प्रतिक्रिया दिनुहोस्