८ बैशाख २०८२, सोमबार

मकवानपुरका कवि मसान उपासकको चितवनमा कविता वाचन

कोलोराडोखबर संवाददाता , December 9th, 2024

नेपाल (भरतपुर) । मकवानपुरका कवि मसान उपासकले चितवनमा कविता वाचन गर्नुभएको छ । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गर्नुभयो ।

कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गर्नुभयो । त्यसलगत्तै कवि उपासकले कवितावाचनलाई अगाडि बढाउनु भयो । पहिलो कवितास्वरुप उहाँले `जानू अघि सहरतिर´ शीर्षकको कविता सुनाउनु भयो । त्यसपछि ‘छोरीको नाममा’, ‘तिमीसँग’, ‘फर्कन चाहन्छु’, ‘विकास’ र ‘देश प्रति’ शीर्षकका कविता पहिलो चरणमा सुनाउनुभयो । दोस्रो चरणमा ५ वटा र अन्तिममा धन्यवादसहित ‘असमयमै अस्ताएकाे घाम’ शीर्षककाे एउटा कविता सुनाएर उपासकले कविता वाचनलाई समापन गर्नुभएको थियो ।

कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गर्नुभएको थियो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने खालका भएको बताउनु भयो ।

कार्यक्रममा सागर तिमल्सिना, बैकुण्ठ लामिछाने, गौरी कँडेल, रचना शर्मा, रामकृष्ण अनायास, रक्षा घोरासैनी लगायतका मकवानपुर र चितवनका साहित्यकारहरूको उपस्थिति रहको थियोे ।

कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्