–रमेशचन्द्र घिमिरे–
सानो भाइले पिरोल्दै गरेपछि कर
बाले आफै बनाउनुभो खोयाको यो घर
खाँबो गाड्न नपर्ने काठ खोजेर
पिल्लर राख्न नपर्ने सिमेन्ट कोचेर
न त छानो टायलको न जस्ता न खर
मुन्डा घरझैँ देखिने खोयाको यो घर
ढोका खोल्नु पर्दैन भित्ते झ्याल छ
हावा, पानी, उज्यालो छ्याल्लब्याल्ल छ
धक्का लागे लड्छ कि छैन यसको भर
नभत्किन्जेल दरै छ खोयाको यो घर
किरा अनि माकुरा बस्छन् कमिला
हामी बस्न नमिल्ने भन्छिन् रमिला
यस्तो घरमा बस्नेलाई हुन्छ डरैडर
बस्न हैन हेर्नलाई हो खोयाको यो घर ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्