नेपाल । राहदानी विभागले विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको छ ।
राहदानी प्रणालीमाथि खतरनाक साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ ।
विभागले नियोगलगायत २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी सेवा पुनः सुरु गरेको छ ।
अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनााएको छ ।
अझै केही सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन नसकेको र छिट्टै समस्या समाधान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्