११ पुष २०८१, बिहीबार

दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योल विरुद्ध महाअभियोग लगाउने तयारी

कोलोराडोखबर संवाददाता , December 6th, 2024

अमेरिका । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योल विरुद्ध महाअभियोग लगाउने तयारी गरिएको छ । यससँगै सत्तारुढ पार्टी संसद ल्याउन लागिएको महाअभियोगको प्रस्तावको डटेर विरोध गर्ने बताएको छ ।

पार्टी का नेता हान डोंग–हून ले उनको पार्टी संसदमा महाअभियोगको प्रस्ताव रोक्नका लागि आफ्ना सहयोगीहरूलाई एकजुट गर्ने प्रयास गर्ने बताएका बिबिसीले जनाएको छ।

‘यसबाट अप्रत्याशित अराजकता पैदा हुन सक्छ र हाम्रा मान्छे र समर्थकहरूलाई क्षत पुग्न सक्छ, उनले भनेका छन्– ‘त्यसकारण पार्टीका एक नेताको हैसियतले महाभियोग पारित हुन बाट रोक्नका लागि काम गर्नेछु ।’

यद्धपी उनले महाअभियोगको विरोध राष्ट्रपतिद्वारा मार्सल ल लागु गर्ने प्रयासको समर्थनमा भने हुँदै नभएको पनि प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्