नेपाल । बुधबार नेपाली शेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।
बुधबार तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार छ सय ७७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय छ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ र लघुवित्त शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ७२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्