नेपाल । मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध जथाभावी आरोप लगाएपछि अनुसन्धानका लागि हिरासतमा लिइएका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन ।
मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अब उनी कम्तिमा पनि मंसीर २१ सम्म हिरासतमा नै रहने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्