नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सरकारमा जान हतार नगर्ने बताएका छन्।
सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं ३ मुसहर्नियामा आयोजित तीनदिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा श्रेष्ठले भने, ‘वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौँ । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौँ ।’
पार्टीले यति वेला सरकारभन्दा पनि पार्टी र संगठन निर्माणलाई जोड दिएको उनको भनाइ थियो । नेता श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्