अमेरिका । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटिलाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २० को जित निकालेको हो । यो सिजन पछिल्लो चार खेलमा पराजित भएको सिटिको लागि उपाधी रक्षा अभियान कठिन बनेको छ ।
खेलको १२ औं मिनेटमा गाक्पोको गोल मार्फत सिटिले पहिलो अग्रता लिएको थियो । त्यसयता दुबै टिमले गोल गर्ने केहि महत्वपूर्ण अवसर खेर फाल्दा पहिलो हाफ १–० मा सकिएको थियो । तर दोश्रो हाफमा लिभरपुल स्टार महोमद सलाहाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–० को सहज जित दिलाए ।
जितपछि लिभरपुलको १३ खेलबाट ३४ अंकसहित पहिलो स्थानको अग्रतालाई थप फराकिलो बनाएको छ । यता हारपछि सिटि पाँचौ स्थानमा झरेको छ । उस्को १३ खेलबाट २३ अंक छ ।
प्रतिक्रिया दिनुहोस्