कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको वार्षिक साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम यही नोभेम्बर ३०, २०२४ का दिन भव्यरुपमा सम्पन्न भएकोछ ।
कार्यवाहक अध्यक्ष विजयदेव अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा शाखाको वार्षिक प्रगति तथा आयव्ययको विवरण शाखाका महासचिव किरण अधिकारी र सेनुप्रसाद तिवारीद्धारा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको थियो ।
यसै क्रममा निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेलद्धारा निर्वाचनको प्रक्रियाका बारेमा मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको थियो ।
नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्य सुदेश शर्माबाट प्रमाणपत्र प्रदान गरिनुका साथै कार्यसमितिका कावा अध्यक्ष विजयदेव अधिकारीबाट निर्वाचन सम्पन्न गर्न योगदान गर्नुहुने निर्वाचन समितिका संयोजक डा. भीमप्रकाश कट्टेल तथा सदस्यद्धय डा. संगिता स्तोत्रीय र सुदेश शर्मालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
अनेसास कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी, उपाध्यक्षमा निर्मला शर्मा, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरूमा देव भट्टराई, सिर्जना अर्याल, रन्जु आचार्य निर्वाचित भएका थिए । अनेसास कोलोराडो शाखाको विधान अनुरुप रिक्त पदहरू कार्यसमितिले पूर्ति गर्ने छ ।
कार्यक्रमको अर्को चरणमा नवनिर्वाचित पदाधिकारीहरूलाई अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाबाट पुष्प गुच्छा तथा खादा अर्पण गरिएको थियो भने कोलोराडोस्थित दिदी बहिनी समूह, विभिन्न संघसंस्थाहरूका तर्फबाट खादा, माला, अविरद्धारा बर्धाइ अर्पण गरिएको थियो ।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला, पूर्वअध्यक्ष ज्ञानेन्द्र गदालबाट अनेसास कोलोराडो शाखाको स्थापना, यसले नेपाली साहित्यमा पुर्याएको योगदान, अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा गरेको योगदानका विषयमा चर्चा गर्दै नवर्निवाचित पदाधिकारीहरूलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ज्ञापन गरेका थिए ।
यसै क्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगाले, नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईद्धारा बधाइ तथा शुभकामना ज्ञापन गरिएको थियो भने कार्यसमितिका नवनिर्वाचित अध्यक्ष किरण अधिकारीले अनेसास कोलोराडो शाखाको यस समितिले नेपाली भाषा, साहित्यको उन्नयनमा सक्दो प्रयास गर्ने वचनवद्धता प्रकट गर्दै सबैबाट सहयोगको अपेक्षा राखेका थिए ।
कार्यक्रममा अनेसासका ट्रस्टीहरू डा. विजयराज शर्मा, नारायण श्रेष्ठ, प्रमिला शर्मा, सुनिल पाठक, मनोज तुलाधर, अनेसास कोलोराडो शाखाका पूर्व अध्यक्षहरू, आजीवन सदस्यहरूलगायत कोलोराडोस्थित विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजिवी, समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । उ
उपस्थित सबै अतिथि, सहभागीहरूलाई स्वागत गर्दै अनेसास कोलोराडो शाखाका सचिव लालप्रसाद चौलागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्