नेपाल । आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि मँन्त्री भण्डारी भारत प्रस्थान गरेका हुन् ।
सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ ।
सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्