अमेरिका । युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
लगातार दोस्रो हारसंगै नेपाल एसिया कपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्