नेपाल । आइतबार सम्पन्न उप निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।
१० हजार ५५८ मत भध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् ।
२०७९ को निर्वाचनमा उक्त वडामा कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्