८ बैशाख २०८२, सोमबार

सर्ट फिल्म प्रतिस्पर्धामा शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ पहिलो

कोलोराडोखबर संवाददाता , December 1st, 2024

नेपाल । शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ ले एक लाख नगद पुरस्कार जितेको छ ।

ओस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्ट्डिज) द्वारा आयोजित ‘दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो भएको हो ।

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ ले दोस्रो र तेस्रो स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जितेका छन् । देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल चलचित्र बन्यो ।

पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघुचलचित्र प्रदर्शन गरिएका थिए  ।

प्रतिक्रिया दिनुहोस्