–रमेशचन्द्र घिमिरे–
लेकैसम्म आइसक्यो
हिमालको हिउँ
न्यानो–न्यानो लुगा लगाऊँ
भयो सिउ–सिउ ।
मक्कलमा आगो ताप्दै
तातो पानी पिऊ
कठ्याङ्ग्रिदो जाडो आयो
भयो सिउ–सिउ ।
तातो दालमा झान्नुस् आमा
जिम्बुसँग घिउ
यो जाडाले गर्नु गर्यो
भयो सिउ–सिउ ।
पुस–माघमा झनै साह्रो
काँप्छ होला जिउ
मङ्सिरमै यति जाडो
भयो सिउ–सिउ ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्