१२ पुष २०८१, शुक्रबार

महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

कोलोराडोखबर संवाददाता , November 29th, 2024

नेपाल । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ ।

उद्योगको लाइन काट्दासमेत बक्यौता भुक्तानी गर्न अटेरी गरेका उद्योगविरुद्ध प्राधिकरणले बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

प्राधिकरणणले ति उद्योगको शेयर रोक्का गर्न पनि कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।

बक्यौता विद्युत महसुल भुक्तानी गर्ने प्रक्रियामै नआएर शक्तिकेन्द्र धाएका उद्योगीहरूको घरको लाइन नै काट्ने तयारीसमेत प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्