७ बैशाख २०८२, आईतवार

च्याम्पियन्स लिगमा लिभरपुलद्वारा रियल मड्रिड २-० ले पराजीत

कोलोराडोखबर संवाददाता , November 28th, 2024

अमेरिका । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २–० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो ।

जीतपछि पाँच खेलबाट १५ अङ्कसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लँदा पराजित रियल भने समान खेलबाट ६ अङ्कसहित तालिकाको २४औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्