नेपाल । सर्वोच्च अदालतले विद्युतीय अपराध कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दावी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज उक्त रिट खारेज गरिदिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै गम्भीर आरोपसहितका सामग्री प्रचार गरेपछि मंसिर ४ गते प्रसाईं पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस्