१२ मंसिर २०८१, बुधबार

अध्यक्ष ओली र महासचिव पोखरेलबिरुद्ध जथाभावी बोल्ने प्रदेश सांसद चौधरी एमालेबाट निलम्बित

कोलोराडोखबर संवाददाता , November 27th, 2024

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा एक जना प्रदेश सांसद कार्वाहीमा परेका छन् ।

एमाले बाँकेले अध्यक्ष ओली र महासचिव पोखरेलको मानहानी गरेको निश्कर्षसहित लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्वउपसचिव दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो ।

सांसद चौधरीसँग यसबारे स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले निलम्बन गरिएको हो ।

तर प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्