नेपाल । नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ।
सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि २६ सयले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भयो ।
हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो । चाँदी १८ सय २० मा कारोबार भएको थियो ।
यता, शेयर बजारमा भने मंगलबार उचालिएको छ । नेप्से परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर २ हजार ७१६ दशमलव ६६ कायम भएको छ ।
३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्